LIVE
एमालेद्वारा राष्ट्रिय भेलाको तयारी सुरु | नियमित महाधिबेशन पक्षधरको रुपन्देही क्षेत्र नं. ५ को क्षेत्रीय अधिबेशन सम्पन्न | कांग्रेसको नयाँ कार्यसमितिका पदाधिकारी र सदस्यले लिए शपथ | थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड |

कार्तिक १२, काठमाण्डौं

स्थानीय तहको आसन्न निर्वाचनलाई लक्ष्य गर्दै पार्टीलाई एकताबद्ध बनाउन एमालेले आगामी २ र ३ मंसिरमा काठमाडौंमा राष्ट्रिय भेला गर्ने भएको छ । भेलामा केन्द्रीय कमिटी र केन्द्रीय निकायका सदस्य, प्रदेश तथा जिल्ला कमिटीका पदाधिकारी, पालिका प्रमुख तथा उपप्रमुख, संघीय र प्रदेश सांसदहरू सहभागी हुनेछन् ।

पार्टीभित्र नेतृत्व पुनर्गठन र नीतिगत बहसबाट उत्पन्न अन्तरसंघर्षलाई थाती राख्दै एमाले स्थानीय तहको निर्वाचनको तयारीमा लागेको हो । राष्ट्रिय भेलामा पार्टी कमिटीहरूलाई एकताबद्ध र क्रियाशील बनाउने तथा निर्वाचनका लागि कार्ययोजना तय गर्ने एमालेको तयारी छ । भेलामा करिब तीन हजार तीन सय नेता सहभागी हुनेछन् ।

असोज पहिलो साताको केन्द्रीय कमिटी बैठकले गरेका प्रमुख निर्णयलाई भेलामार्फत कार्यान्वयनमा लैजाने एमालेले जनाएको छ ।
एमाले सचिव एवं संगठन विभाग प्रमुख भानुभक्त ढकालका अनुसार मुलुकको जटिल राजनीतिक परिस्थितिमा परिचालित हुन सचेत गराउने पनि भेलाको मुख्य उद्देश्य रहेको छ ।भेलामा एमालेको सक्रिय राजनीतिमा आएकी पूर्व राष्ट्रपति विद्या भण्डारीलाई औपचारिक रूपमा जिम्मेवारीसहित अघि सार्ने तयारी छ ।

एमाले प्रचार विभाग प्रमुख निरज आचार्यले भेलामा तीन वटा कार्यपत्र प्रस्तुत हुने जानकारी दिनुभयो ।
भेलापछि २८ मंसिरमा वडा र ४ पुसमा पालिका अधिवेशन गर्ने एमालेको निर्णय छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय