LIVE
सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार | जातीय विभेद उन्मूलनका लागि चेतना र कानुन कार्यान्वयनमा जोड | जनकल्याण माविमा पूर्व विद्यार्थी समाज पुनर्गठन, अध्यक्षमा सुरेन्द्र परियार | दलित महिलाहरूकोलागि सशक्तिकरण तालिम सुरू | सैनामैनाका विज्ञान थापा मेन फिजिक्सतर्फ प्रथम | गुल्मीको ठूलो लुम्पेकमा स्थानीय कृषि उपजबाट अचार बनाउने तालिम सम्पन्न | सैनामैना ६ मा बृहत रक्तदान , १०० पोईन्ट रगत संकलन | पाण्डे परिवारद्वारा आमा बुबाको नाममा १ लाख ५१ हजार १ सय ५१ रुपैयाको अक्षयकोष स्थापना | गजेडी २ बकुलघाट खानेपानीको नयाँ नेतृत्वमा ओमबहादुर मगर: गाउँपालिकाद्वारा ‘छाता ऐन’ निर्माण | प्रश्नको घेरामा मिडिया, कसरी जित्ने पाठक, दर्शक र श्रोताको मन ? |

दाङको राप्ती गाउँपालिका–६ निवासी राजकुमारी चौधरीलाई सानै उमेरदेखि खुट्टा दुख्ने समस्या थियो तर उनलाई सिकलसेल एनिमिया रोग भन्ने थाहा थिएन । उपचारका लागि विभिन्न अस्पताल पुग्दा पनि ठिक भएन । उपचारका क्रममा धेरैपछि उनले आफुलाई सिकलसेल एनिमिया रोग भएको थाहा पाए । त्यस बेलासम्म राजकुमारीको उपचार गराउँदा गराउँदै लाख बढी खर्च भइसकेको थियो । त्यस्तै गढवा गाउँपालिका–२ निवासी माया चौधरी पनि सिकलसेल रोग पीडित हुन् । उनलाई सिकलसेल भएको दुई वर्ष बढी भयो । सुरुमा थाहा नभए पनि पछि जाँच गराउँदा सिकलसेल रोग भएको थाहा पाएपछि नियमित औषधि खाइरहेको बताउँछिन् । उपचारका क्रममा धेरै पैसा खर्च भएको बताउँदै उनले भनिन्, ‘पटक–पटक बिरामी भएपछि नियमित औषधी खाइरहनु पर्छ, पैसा धेरै खर्च हुन्छ ।’

सुरुमै रोग थाहा पाइयो भने खर्च धेरै हुँदैन तर रोग थाहा नहुँदा धेरै खर्च हुने गरेको उनी बताउँछिन् । राजकुमारी र माया जस्तै सिकलसेलका धेरै बिरामी छन् । उनीहरूमध्ये कतिपय सिकलसेलका बिरामी रहेका छन् भने कतिपय लक्षण देखिएका तर रोग पुष्टि नभएका बिरामी पनि छन् । लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार लुम्बिनी प्रदेशका ६ जिल्लामा एक हजार ९ सय २८ जना बिरामी रहेका छन् । उनीहरूमध्ये सिकलसेलका बिरामी ४६ जना, सिकलसेल बाहेक एक हजार तीन सय २१ जना र बिटा थालासेमियाका पाँच सय ६१ जना बिरामी रहेको लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा। विनोद गिरीले जानकारी दिएका छन् । सिकलसेलका १९ सय बिरामीमध्ये कतिपय पूर्ण र कतिपय लक्षण देखिएका र रोग पुष्टि नभएका बिरामी पनि रहेको डा। गिरीले बताए । प्रदेशका ६ जिल्लामध्ये सबैभन्दा धेरै बाँकेमा ६ सय ४८ जना, बर्दियामा ४ सय ५२ जना, दाङमा ३ सय ९२ जना, रूपन्देहीमा एक सय ९७ जना, नवलपरासीमा एक सय २१ जना र कपिलवस्तुमा एक सय १८ जना बिरामी रहेका छन् ।

थारु समुदायमा बढी देखिने सिकलसेल एनिमिया रोग पहिचानका लागि ‘स्क्रिनिङ’ गर्न सके अझै बढ्ने उनी बताउँछन् । निर्देशक डा। गिरीले भने, ‘पछिल्लो समय खास गरी थारु समुदायमा सिकलसेल एनिमिया रोग बढ्ने क्रममा रहेको छ । यसलाई कसरी नियन्त्रण गर्ने र अरुमा सर्न नदिने भन्ने मुख्य चुनौती छ ।’ बिरामी औषधि पाइरहे पनि रोग निको नहुँदा ठुलो मात्रामा आर्थिक खर्च हुने गरेको बिरामी बताउँछन् । सिकलसेल रोग नियन्त्रणका लागि थारू समुदायका युवायुवतीमा सिकलसेल जाँच गरेर मात्रै विवाह गर्नु पर्ने भन्दै प्रदेश सरकारले स्वास्थ्य शिक्षाका रूपमा सचेतना कार्यक्रम अघि बढाएको छ । चिकित्सकका अनुसार सिकलसेल एनिमिया एक किसिमको रगतसम्बन्धी वंशाणुगत रोग हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय