LIVE
रास्वपा सभापति रवि लामिछानेलाई थुनामुक्त गर्न उच्च अदालत तुलसीपुर बुटवल इजलासको आदेश | गौतमबुद्ध प्रेस क्लवको आयोजनामा सैनामैनाको समृद्धिका लागि सम्भावनाको खोजी बिषयक बिचार गोष्टी सम्पन्न | कारवाहीमा परेकाहरुले नै नक्कली हस्ताक्षर गरेको खुल्यो | रुपन्देही क्षेत्र नम्बर ५ बाट भरतकुमार शाहको नाम एकल सिफारिस | नेपाल प्रजातान्त्रिक महासंघको लुम्बिनी नगर स्तरीय समिति गठन | लुम्बिनी साँस्कृतिक नगरपालिकाको नयाँ प्रशासनिक भवनको शिलान्यास | ३४ औं राष्ट्रिय अपांगता दिवसको अवसरमा सैनामैनामा अपांगता भएका ब्यक्तिहरुलाई न्यानो कपडा बितरण | सैनामैनामा सुरक्षित आप्रबासन (सामी) चौथो चरणको कार्यान्वयन मोडालिटी सम्बन्धमाअभिमुखीकरण कार्यक्रम | प्रभात भूतपूर्ब विद्यार्थी संगठनद्वारा आयोजित हाजिरी जवाफ प्रतियोगितामा सुनगाभा प्रथम | सरस्वती माध्यमिक विद्यालयको ३८ औं वार्षिक उत्सव सम्पन्न |

गौतमबुद्ध प्रेस क्लवको आयोजनामा सैनामैनाको समृद्धिका लागि सम्भावनाको खोजी बिषयक बिचार गोष्टी मंगलवार सैनामैनाको बाबरी पार्टी प्यालेसमा सम्पन्न भएको छ ।
गोष्ठीको उदघाटन गर्दै सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्रप्रसाद शर्माले गोष्ठीले दिने निष्कर्षले सैनामैनाको विकासमा ठूलो योगदान दिने विश्वास ब्यक्त गर्नुभयो । उहाँले संचार क्षेत्र र जनताका प्रतिनिधि एक अर्काको पुरक रहेको उल्लेख गर्दै संचार क्षेत्रको विकासका लागि नगरपालिका हातेमालो गर्न तयार रहेको उल्लेख गर्नुभयो ।

सैनामैनामा विकासका काम धेरै भएपनि ती बिषय बाहिर आउन नसकेको भन्दै उहाँले समाजमा भएका राम्रा कामलाई संचार माध्यमले सधै प्राथमिकता दिनुपर्ने उल्लेख गर्नुभयो । नगर प्रमुख शर्माले सैनामैनामा रहेका तीन चारसय बर्ष पुराना थारु गाउँलाई विकासको नयाँ अभियानमा जोडेको बताउँदै त्यसले सैनामैनाको उज्यालो अभियानको योजना पूरा भएको बताउनुभयो ।

कार्यक्रममा सैनामैना नगरपालिकाका प्रथम नगर प्रमुख चित्रवहादुर कार्कीले समसामयिक विषयमा आयोजना गरिएको यो गोष्ठीले भोलिको दिनमा सैनामैनाको विकास कसरी गर्न सकिन्छ भन्ने बिषयमा एउटा मार्गनिर्देश गर्ने विश्वास ब्यक्त गर्नुभयो । उहाँले सैनामेनामा बिगतमा अघि बढेका १२– १३ वटा गौरवका आयोजना रोकिएको अवस्थामा फेरी ती आयोजना अघि बढाउनु जरुरी रहेको बताउनु भयो । उहाँले सैनामैनाको सम्मृद्धि पर्या पर्यटनबाट संभव रहेको उल्लेख गर्दै सैनामैनामा रहेका धार्मिक क्षेत्र पर्रोहा बोलबम धाम, महेरवादेवी मन्दिर र मलमला मन्दिरले सैनामैनाको धार्मिक पर्यटनको विकासमा महत्वपूर्ण योगदान दिने बिचार राख्नुभयो ।
सैनामैना नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुलसीराम मरासिनीले सैनामैना नगरपालिकाको विकासमा यो गोष्ठी र गोष्ठीमा प्रस्तुत कार्यपत्रले विकासको पथमा मार्गनिर्देश गर्ने बताउनुभयो ।
गौतमबुद्ध प्रेस क्लवका अध्यक्ष थानेश्वर घिमिरे (नविन) को अध्यक्षतामा भएको कार्यक्रममा रामचन्द्र श्रेष्ठले सैनामैनाको सम्मृद्धिका लागि संभावनाको खोजी बिषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यपत्रमाथि शान्ति समाजका पूर्व अध्यक्ष गोविन्द खनाल, सैनामैना १० का वडा अध्यक्ष कृष्णप्रसाद घिमिरे, प्राध्यापक दिनेश पन्थी, रामापुर रिभाईबल बोर्डिङ स्कुलका प्रिन्सिपल कृष्णप्रसाद शर्मा, सुनगाभा पब्लिक बोर्डिङ स्कुलका प्राचार्य तिलब केसी, मानव अधिकारकर्मी रवि ठाकुर, पत्रकार छवि पाण्डे लगायतले टिप्पणी गर्नुभएको थियो ।
गौतमबुद्ध प्रेस क्लवका उपाध्यक्ष कृष्ण भण्डारीले स्वागत गर्नुभएको कार्यक्रमको संचालन महासचिव अनिल पहाडीले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय