सैनामैना, कार्तिक १६ ।
रुपन्देहीको सैनामैना नगरपालिका ४ मुर्गियामा रहेको चौतारी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
साधारण सभामा बोल्दै नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि चित्रबहादुर केसीले चौतारी सहकारीले बचतकर्ताको रकम संकलन गरि आयआर्जन गर्न चाहने उद्यमीहरुलाई लगानी गरि स्वरोजगार अभियानमा ठूलो टेवा पु¥याएको बताउनु भयो ।
त्यसैगरी साधारण सभाको प्रमुख अतिथि सहकारीका संस्थापक अध्यक्ष रुद्रप्रसाद गौतमले छरिएर रहेको सानो सानो रकमलाई बचतको माध्यमबाट ठूलो आकार दिई सहकारीलाई यहाँसम्म ल्याउन ठूलो मेहनत गरेको स्मरण गर्नुभयो ।
कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी सैनामैनाका पूर्व अध्यक्ष तथा सैनामैना उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष राजबहादुर क्षेत्री, चौतारी सहकारीका पूर्व अध्यक्ष लोकनाथ अधिकारी, साझा सहकारी संस्था लिमिटेड सैनामैनाका अध्यक्ष दिपेश्वर पौडेल लगायतले बोल्दै चौतारी बचत तथा ऋण सहकारीले स्थापनाको सानो अवधीमा पनि उल्लेखनीय प्रगति गरेको विचार ब्यक्त गर्नुभएको थियो ।



चौतारी बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष सावित्रा शर्माको अध्यक्षतामा भएको साधारण सभामा सेयर धनीको तर्फबाट रामचन्द्र ढकालले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो । कार्यक्रममा स्वागत उपाध्यक्ष संगीता अधिकारीले गर्नुभएको थियो भने सचिव चिन्तामणि भुसालले कार्यक्रमको संचालन गर्नुभएको थियो ।
साधारण सभाकै अवसरमा कोषाध्यक्षको प्रतिवेदन कोषाध्यक्ष बलराम भट्टराईले प्रस्तुत गर्नुभएको थियो भने लेखा प्रतिवेदन हरि गौतमले प्रस्तुत गर्नुभएको थियो ।
सभामा संस्थाका पदाधिकारी, सञ्चालक समिति, कर्मचारी तथा सदस्यहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा संस्थाको वार्षिक गतिविधि, आर्थिक अवस्था तथा सहकारीको आगामी योजना र रणनीतिबारे छलफल गरिएको थियो ।
साधारण सभाले संस्थाको संस्थागत विकास, सदस्यहरूको आर्थिक सशक्तीकरण तथा सहकारीको सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने विषयमा जोड दिएको छ ।




