LIVE
नक्सा पास नगरी संरचना निर्माण नगर्न स्थानीय तहलाई आग्रह | चौतारीको सहकारीको १५ औँ वार्षिक साधारण सभा सम्पन्न | एमालेद्वारा राष्ट्रिय भेलाको तयारी सुरु | नियमित महाधिबेशन पक्षधरको रुपन्देही क्षेत्र नं. ५ को क्षेत्रीय अधिबेशन सम्पन्न | कांग्रेसको नयाँ कार्यसमितिका पदाधिकारी र सदस्यले लिए शपथ | थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा |

१६ कात्तिक, 

रुपन्देही जिल्ला समन्वय समितिले घरको नक्सा पास नगरी कुनै पनि संरचना निर्माण नगर्न र नगराउन स्थानीय तहलाई आग्रह गरेको छ।

समितिले आयोजना गरेको घुम्ती बैठकमा जिल्ला समन्वय समिति प्रमुख उमाकान्त चापागाईले नक्सा पाससम्बन्धी कार्यविधि नभएका पालिकालाई तत्काल कार्यविधि बनाएर नक्सा पास अनिवार्य गर्न आग्रह गर्नुभयो।

उहाँले धानको पराल जलाउने कार्य रोक्न पनि स्थानीय तहलाई सचेत गराउनुभयो। पराल जलाउँदा माटोको उर्वराशक्ति घट्नुका साथै वायु प्रदूषण बढ्ने र मानव स्वास्थ्यमा गम्भीर असर पर्ने उहाँको भनाइ थियो।

त्यस्तै, रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले आर्थिक वर्षको अन्त्यमा मात्रै ठेक्कापट्टा तथा बजेट कार्यान्वयन गर्ने प्रवृत्तिले स्थानीय तहको कार्यसम्पादनमा प्रश्न उठ्ने गरेको बताउनुभयो। उहाँले सार्वजनिक जग्गा अतिक्रमण रोक्न र अदालतका निर्णय कार्यान्वयन गर्न पनि स्थानीय तहलाई आग्रह गर्नुभयो।

बैठकमा प्रहरी प्रमुख जनकबहादुर शाहीले शान्ति सुरक्षा कायम गर्न स्थानीय तहसँग सहकार्य आवश्यक रहेको बताउँदै चाडपर्वका नाममा चर्को आवाजमा डिजे बजाउने कार्य नियन्त्रण गर्नुपर्नेमा जोड दिनुभयो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय