काठमाडौँ, ७ असोज : मुस्लिम आयोगले उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग भेट गरी सर्लाहीको मलङ्गवा नगरपालिकामा मूर्ति सेलाउने क्रममा उत्पन्न द्वन्द्वले धार्मिक सहिष्णुता खलबल्याउने प्रयास भएको भन्दै ध्यानाकर्षण गराएको छ ।
आयोगका अध्यक्ष समिम मियाँ अन्सारीसहितको प्रतिनिधि मण्डललले आज उपप्रधानमन्त्री एवं गृहमन्त्री श्रेष्ठलाई भेट गरी मलङ्गवासहित मधेस प्रदेशका केही जिल्लामा अराजक तत्वहरूले धार्मिक सहिष्णुता खलबल्याउने प्रयास गरिरहेको भन्दै दोषीलाई कडाभन्दा कडा कारबाहीको माग गरेको हो ।



विश्वकर्मा पूजाको मूर्ति सेलाउन ट्रयाक्टरमा मलङ्गवा नगरपालिका–३ विश्वकर्मा चो पोखरीमा सेलाउन लैजाने क्रममा ट्रयाक्टरमा बजिरहेको डिजे बाजाको विषयलाई लिएर विवाद बढेपछि तनावको स्थिति सिर्जना भएको थियो ।




