LIVE
ग्यासको आयात निरन्तर भैरहेकाले अनावश्यक सञ्चिती नगर्न निगमको आग्रह | एमाले अध्यक्ष ओलीलाई पितृशोक | रवि र प्रचण्डबीच टेलिफोन सम्वाद, के भयो कुरा ? | ग्यासको कृत्रिम अभाव र कालोबजारीमा कडा कारबाही | आर्थिक सुशासनका केही काम भए, बाँकी आगामी सरकारबाट: अर्थमन्त्री खनाल | १६ वर्षीया इनिसा विकको न्याय माग गर्दै आज पनि काठमाडौंमा विरोध प्रदर्शन | महाशिवरात्रीमा सैनामैना होटल तथा रेष्टुरेण्ट व्यवसायी संघद्वारा पर्रोहा धाममा प्रसाद वितरण र सरसफाई | नेपाली कांग्रेस रुपन्देही क्षेत्र नंं ५ ले निर्बाचन प्रचार प्रसार अभियान तीब्र पार्यो | फेरिदै बुटवल, आधुनिक सहरको पहिचान बनाउँदै | फिटनेस टाइम क्लासिक शारीरिक सुगठनको उपाधि विज्ञान थापालाई |

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबी ले कञ्चनपुरकी निर्मला पन्त घटनाको प्रत्यक्षदर्शी दाबी गरेका नवराज अर्याललाई सोधपुछ गरेर छाडेको छ।

प्राइम टाइम टेलिभिजनमा अन्तर्वार्ता दिँदै गोरखा घर भई काठमाडौं बस्दै आएका अर्यालले आफू उक्त घटनाको प्रत्यक्षदर्शी दाबी गरेका थिए।

त्यसपछि प्रहरीले अर्याललाई नियन्त्रणमा लिएर सोधपुछ गरी बिहीबार राति नै छाडेको सिआइबी प्रवक्ता एवं एसपी होबिन्द्र बोगटीले जानकारी दिए।

‘उनको स्वास्थ्यमा समस्या रहेकाले हामीले छाडेका हौं, बोलाएको बेला र आवश्यक परेको बेलामा हाजिर हुने शर्तमा छाडेका हौं,’ बोगटीले भने।

अन्तर्वार्ता सार्वजनिक भएपछि सिआइबीले उनलाई मंगलबार ३ घण्टाभन्दा बढी सोधपुछ गरेर छाडेको थियो। उनलाई बुधबार पनि उपस्थित हुन भने पनि उपस्थित नभएपछि सिआइबीले पक्राउ गरेको थियो।

साथै सिआइबीले अर्यालसँग अन्तर्वार्ता लिएका पत्रकार ऋषि धमलासँग बुधबार सोधपुछ गरेको थियो। धमलाले सिआइबीसँग उक्त अन्तर्वार्ता हटाउने प्रतिबद्धता जनाएको एसपी बोगटीले बताए।

२०७५ साउन १० गते निर्मला पन्तको बलात्कारपछि हत्या भएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय