LIVE
कारवाहीमा परेकाहरुले नै नक्कली हस्ताक्षर गरेको खुल्यो | रुपन्देही क्षेत्र नम्बर ५ बाट भरतकुमार शाहको नाम एकल सिफारिस | नेपाल प्रजातान्त्रिक महासंघको लुम्बिनी नगर स्तरीय समिति गठन | लुम्बिनी साँस्कृतिक नगरपालिकाको नयाँ प्रशासनिक भवनको शिलान्यास | ३४ औं राष्ट्रिय अपांगता दिवसको अवसरमा सैनामैनामा अपांगता भएका ब्यक्तिहरुलाई न्यानो कपडा बितरण | सैनामैनामा सुरक्षित आप्रबासन (सामी) चौथो चरणको कार्यान्वयन मोडालिटी सम्बन्धमाअभिमुखीकरण कार्यक्रम | प्रभात भूतपूर्ब विद्यार्थी संगठनद्वारा आयोजित हाजिरी जवाफ प्रतियोगितामा सुनगाभा प्रथम | सरस्वती माध्यमिक विद्यालयको ३८ औं वार्षिक उत्सव सम्पन्न | साना किसान कृषि सहकारी संस्था लिमिटेड पर्रोहाको २३ औं बार्षिक साधारण सभा सम्पन्न | तेश्रो प्रदेश स्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सैनामैनामा हुने |

पूर्वराजा ज्ञानेन्द्र शाहले चैत १५ गते काठमाडौंको तीनकुने क्षेत्रमा भएको घटनामा भएको क्षतिप्रति दुःख प्रकट गर्नुभएको छ ।
नयाँ वर्ष २०८२ सालको शुभकामना दिन आइतबार जारी गरेको भिडिओ सन्देशमा पूर्वराजा शाहले तीनकुने घटनाबारे मुख खोल्नुभएको हो ।

तीनकुने घटनाबारे प्रधानमन्त्रीदेखि विभिन्न राजनीतिक दलका नेताहरूले पूर्वराजा शाहको धारणा मागिरहेका थिए । केही सांसदहरूले तीनकुने घटनामा पूर्वराजा शाहलाई जबाफदेही बनाउनुपर्ने भन्दै संसदीय समितिमा बोलाएर प्रश्न सोधिनुपर्ने धारणासमेत व्यक्त गरेका थिए ।
तीनकुने घटनापछि पूर्वराजा शाहले कुनैपनि अभिव्यक्ति दिनुभएको थिएन ।
तर नयाँ वर्षको शुभकामना सन्देशमा पूर्वराजा शाहले केही दिनअघि जनप्रदर्शनमा जुनप्रकारको हिंसा, आगजनी, तोडफोड भयो त्यसबाट जसप्रकारको मानवीय एवं भौतिक क्षति भयो, त्यो सुन्दा हामीलाई अत्यन्तै दुःख लागेको छ भन्नुभएको छ ।
पूर्वराजा शाहको शुभकामना सन्देशसहितको भिडिओ संवाद सचिवालयका तर्फबाट फणिराज पाठकले सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गर्नुभएको हो ।

राजसंस्था पुनस्र्थापनाका लागि भन्दै ’संयुक्त जनआन्दोलन समिति’ ले तोकेका ’जनकमान्डर’ दुर्गा प्रसाईंको आह्वानमा चैत १५ गते तीनकुने क्षेत्रमा प्रदर्शन भएको थियो । प्रदर्शन हिंसात्मक हुँदा दुईजनाको मृत्यु भएको थियो भने केही घाइते भएका थिए ।
घटनाका संलग्न रहेको आरोपमा प्रहरीले दुर्गा प्रसाईंलाई पक्राउ गरी अनुसन्धान अघि बढाइसकेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय