कपिलवस्तुको बाणगंगा नगरपालिका २ बैजलपुरमा रहेको बैजलपुर जनकल्याण सामुदायिक वन उपभोक्ता समूहले स्थानीय सामुदायिक विद्यालयलाई १२ लाख रुपैया बराबरको सूचना प्रविधिसंग सम्बन्धित सामाग्री प्रदान गरेको छ ।
बैजलपुर जनकल्याण सामुदायिक वन उपभोक्ता समूहले पञ्च आधारभूत विद्यालय बाणगंगा २ बैजलपुरलाई उक्त सामाग्री वितरण गरेको हो ।
वन उपभोक्ता समूहका अध्यक्ष सत्यनारायण चौधरीका अनुसार इन्भर्टर ब्याट्री ४ थान,७५ इञ्चको स्मार्ट टिभी एक थान, १९ इञ्चको १५ थान एलसीडी, भी क्लाउड ५ थान, ६ ओटा क्यामरा सहितको सिसि क्यामरा १ सेट, मल्टीपिसी १ थान, प्रिजेन्टर ६ थान, कि बोर्ड १५ थान, माउस १० थान, ल्यापटप ३ वटा, स्पीकर ४, कम्प्युटर प्रिन्टर एकथान, ठूलो स्पीकर १ थान विद्यालयलाई हस्तान्तरण गरिएको छ ।




त्यसैगरी प्लाईउड सिलिङ, ३० इञ्चीको टिभी र दुईसय १० जना विद्यार्थीलाई ट्रयाकसुट समेत वितरण गरिएको अध्यक्ष चौधरीले जानकारी दिनुभयो ।
सामुदायिक वनको सामाजिक बिकास कार्यक्रम अन्तरगत आ.व. २०८१÷८२ को रकम बाट उक्त समान हस्तान्त्ररण गरिएको समुहका अध्यक्ष चौधरीले बताए ।




