LIVE
ग्यासको आयात निरन्तर भैरहेकाले अनावश्यक सञ्चिती नगर्न निगमको आग्रह | एमाले अध्यक्ष ओलीलाई पितृशोक | रवि र प्रचण्डबीच टेलिफोन सम्वाद, के भयो कुरा ? | ग्यासको कृत्रिम अभाव र कालोबजारीमा कडा कारबाही | आर्थिक सुशासनका केही काम भए, बाँकी आगामी सरकारबाट: अर्थमन्त्री खनाल | १६ वर्षीया इनिसा विकको न्याय माग गर्दै आज पनि काठमाडौंमा विरोध प्रदर्शन | महाशिवरात्रीमा सैनामैना होटल तथा रेष्टुरेण्ट व्यवसायी संघद्वारा पर्रोहा धाममा प्रसाद वितरण र सरसफाई | नेपाली कांग्रेस रुपन्देही क्षेत्र नंं ५ ले निर्बाचन प्रचार प्रसार अभियान तीब्र पार्यो | फेरिदै बुटवल, आधुनिक सहरको पहिचान बनाउँदै | फिटनेस टाइम क्लासिक शारीरिक सुगठनको उपाधि विज्ञान थापालाई |

लुम्बिनी, २०। साउन
लुम्बिनी सांस्कृतिक नगरपालिकाले नगरका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुसंग कार्यसम्पादन सम्झौता गरेको छ ।
नगरको शिक्षा क्षेत्रलाई गुणस्तरीय र नतिजामुखी बनाउने उद्देश्यले कार्यसम्पादन सम्झौता गरिएको नगरपालिका शिक्षा शाखाले जनाएको छ ।
मंगलबार नगरपालिकामा आयोजित कार्यसम्पादन सम्झौताको अवसरमा बोल्दै लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख सजरुद्दीन मुसलमानले नगरपालिकाले शिक्षा क्षेत्रको सुधारका लागि विद्यार्थीहरुलाई ल्यापटपदेखि साईकल र अन्य विभिन्न सामाग्री दिएर प्रोत्साहन गर्ने काम सुरु गरेको बताउनुभयो । उहाँले नगर क्षेत्रका विद्यालयहरुले शैक्षिक क्षेत्रको स्तरोन्नतीमा मेहनत गरिरहेको बताउदै नगरपालिकाले कदर गर्ने प्रतिवद्धता जनाउनुभयो ।

लुम्बिनी सांस्कृतिक नगरपालिकाका शिक्षा शाखा प्रमुख उपसचिव हरिप्रसाद ज्ञवालीले समग्र विद्यालयहरुको समग्र व्यवस्थापन र शैक्षिक गुणस्तर सुधार गर्नकालागि नगरपालिका र नगरका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुबीच कार्यसम्पादन करार सम्झौता गरिएको बताउँदै विद्यालय तहमा शैक्षिक योजना निर्माण, शैक्षिक गुणस्तर बृद्धि, विद्यालयको सुशासन तथा विद्यार्थीहरुको सिकाई क्षमता बृद्धिमा सहयोग पु¥याउने उद्देश्यले कार्यसम्पादन करार गरिएको बताउनुभयो ।

लुम्बिनी ज्ञान प्रभा प्राथमिक विद्यालयका प्रधानाध्यापक मोतीलाल यादवले कार्य सम्पादन सम्झौताले आफूहरुमा जोश जाँगर बढाउन सहयोग पु¥याएको महसुस भएको बताउनुभयो । उहाँले नगरमा पहिलोपटक नगर प्रमुख, प्रमुख प्रशासकीय अधिकृत सहितका पदाधिकारीहरु र प्रधानाध्यापकहरुबीच भएको बैठकले नगरको शैक्षिक गुणस्तर सुधार हुने विश्वास ब्यक्त गर्नुभयो ।

त्यसैगरी मायादेवी आधारभूत विद्यालयका प्रधानाध्यापक जमुनाप्रसाद विश्वकर्माले नगरपालिका र विद्यालयका प्रधानाध्यापकहरुबीच भएको कार्यसम्पादन करार सम्झौता सकारात्मक रहेको बताउनुभयो । उहाँले नगरपालिकाको प्रयासमा सामुदायिक विद्यालयहरुको सहयोग रहने बताउँदै यसबाट विद्यालयहरुको गुणस्तर सुधारमा सहयोग पुग्ने विश्वास ब्यक्त गर्नुभयो ।

कार्यक्रममा लुम्बिनी सांस्कृतिक नगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत तारा ज्ञवालीले नगरपालिकाले शिक्षाको सुधारका लागि प्रधानाध्यापकहरुसंग कार्यसम्पादन करार सम्झौता गरेको बताउँदै अव यसबाट नगरको शिक्षाको सुधारमा सहयोग पुग्ने विश्वास ब्यक्त गर्नुभयो । लुम्बिनी सांस्कृतिक नगरपालिकाले पहिलोपटक नगरका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुसंग कार्यसम्पादन करार सम्झौता गरेको जनाएको छ ।
कार्यक्रमको सहजीकरण नगरपालिका शिक्षा अधिकृत लक्ष्मी पराजुली र सहायक शिक्षा अधिकृत प्रमिला पछाइले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय