LIVE
रुपन्देहीमा ११ लाख बढीको सामान बरामद | ग्यासको आयात निरन्तर भैरहेकाले अनावश्यक सञ्चिती नगर्न निगमको आग्रह | एमाले अध्यक्ष ओलीलाई पितृशोक | रवि र प्रचण्डबीच टेलिफोन सम्वाद, के भयो कुरा ? | ग्यासको कृत्रिम अभाव र कालोबजारीमा कडा कारबाही | आर्थिक सुशासनका केही काम भए, बाँकी आगामी सरकारबाट: अर्थमन्त्री खनाल | १६ वर्षीया इनिसा विकको न्याय माग गर्दै आज पनि काठमाडौंमा विरोध प्रदर्शन | महाशिवरात्रीमा सैनामैना होटल तथा रेष्टुरेण्ट व्यवसायी संघद्वारा पर्रोहा धाममा प्रसाद वितरण र सरसफाई | नेपाली कांग्रेस रुपन्देही क्षेत्र नंं ५ ले निर्बाचन प्रचार प्रसार अभियान तीब्र पार्यो | फेरिदै बुटवल, आधुनिक सहरको पहिचान बनाउँदै |

जापानिज इन्सेफ्लाइटिसबाट अहिलेसम्म ११ जनाको ज्यान गएको छ । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा, बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. अभियान गौतमका अनुसार ६३ जनामा जापानिज इन्सेफ्लाइटिस देखिएको छ ।

उहाँका अनुसार तेह्रथुम, बारा, मोरङ, झापा, नवलपरासी पश्चिम, कैलाली, प्युठान र अर्घाखाँचीका एक÷एक जना तथा चितवन तीन जनाको ज्यान गएको तथ्याङ्क छ । ज्यान गुमाउनेमा आठ वर्षका एकजना, १७ वर्षका एकजना र ४० वर्षभन्दा माथिका नौजना रहेका छन् । अघिल्लो वर्ष सन् २०२४ मा जापानिज इन्सेफ्लाइटिसबाट २५ जनाको ज्यान गएको थियो भने ८६ जनामा सङ्क्रमण भएको थियो । जापानिज इन्सेफ्लाइटिस्विरुद्धको खोप नलगाएकामा सङ्क्रमण जोखिम उच्च छ ।

नेपालमा ८२ प्रतिशत बालबालिकालाई यो खोप लगाई सकिएको छ । यो रोग विशेषगरी साउनदेखि कात्तिकसम्म बढी देखिने गरेको डा. गौतमले बताउनुभयो । डा. गौतमका अनुसार जापानिज इन्सेफ्लाइटिस् मस्तिष्कमा सङ्क्रमण हुने क्युलेक्स प्रजातिको लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको गम्भीर रोग हो । यो लामखुट्टे बेलुका तथा झिसमिसे बिहानीको समयमा बढी सक्रीय हुने गर्छ ।

धानबाली, दलदल र पानी जम्ने ठाउँ लामखुट्टेको लागि उपयुक्त प्रजनन स्थल भएकोले यस्ता क्षेत्रमा सङ्क्रमणको जोखिम बढी हुने गरेको र आवश्यक सावधानी अपनाउन सल्लाह छ । यो रोग सङ्क्रमित हाँस, कुखुराजस्ता चराचुरुङ्गी र सुँगर–बङ्गुरजस्ता जनावरलाई टोकेका सङ्क्रमित लामखुट्टेले मानिसलाई टोकेमा सर्ने गर्छ । यो रोग मानिसबाट मानिसमा भने नसर्ने डा.गौतमले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय