LIVE
ग्यासको आयात निरन्तर भैरहेकाले अनावश्यक सञ्चिती नगर्न निगमको आग्रह | एमाले अध्यक्ष ओलीलाई पितृशोक | रवि र प्रचण्डबीच टेलिफोन सम्वाद, के भयो कुरा ? | ग्यासको कृत्रिम अभाव र कालोबजारीमा कडा कारबाही | आर्थिक सुशासनका केही काम भए, बाँकी आगामी सरकारबाट: अर्थमन्त्री खनाल | १६ वर्षीया इनिसा विकको न्याय माग गर्दै आज पनि काठमाडौंमा विरोध प्रदर्शन | महाशिवरात्रीमा सैनामैना होटल तथा रेष्टुरेण्ट व्यवसायी संघद्वारा पर्रोहा धाममा प्रसाद वितरण र सरसफाई | नेपाली कांग्रेस रुपन्देही क्षेत्र नंं ५ ले निर्बाचन प्रचार प्रसार अभियान तीब्र पार्यो | फेरिदै बुटवल, आधुनिक सहरको पहिचान बनाउँदै | फिटनेस टाइम क्लासिक शारीरिक सुगठनको उपाधि विज्ञान थापालाई |

३४ औं राष्ट्रिय अपांगता दिवसको अवसरमा नगरपालिका महिला तथा बालबालिका शाखाको आयोजनामा अपांगता भएका ब्यक्तिहरुलाई न्यानो कपडा बितरण गरिएको छ ।
दिवसको अवसरमा अपांगता भएकाहरुलाई न्यानो कपडा वितरण, कार्यपत्र प्रस्तुत तथा छलफल कार्यक्रममा बोल्दै सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्रप्रसाद शर्माले सैनामैना नगरपालिकाले अपांगता भएकाहरुको अधिकारको क्षेत्रमा धेरै कार्यक्रम गर्दै आएको र आगामी दिनमा पनि गर्ने प्रतिवद्धता जनाउनु भयो । उहाँले अपांगता भएकाहरुलाई सहायक सामाग्री वितरणका साथै उनीहरुको स्वास्थ्य उपचार एवं अपांगता परिचयपत्र वितरण लगायतका कार्यक्रम भैरहेको बताउनु भयो ।

कार्यक्रममा सैनामैना नगरपालिका उपप्रमुख बिना रानाले नगरपालिकाले विगतमा पनि विभिन्न कार्यक्रम गरी अपांगता भएकाहरुलाई सहयोग गर्दै आएको बताउँदै यो बर्ष न्यानो कपडा वितरण गरेको जानकारी दिनुभयो । उहाँले नगरस्तरीय अपांगता समितिमार्फत अपांगताहरुको सवालमा गर्नुपर्ने काम, आगामी योजनाका बिषयमा छलफल गरि कार्यक्रम लैजाने गरिएको उल्लेख गर्नुभयो ।

कार्यक्रममा बोल्दै सैनामैना नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुलसीराम मरासिनीले अपांगता भएका ब्यक्तिहरुलाई मूलधारमा ल्याउनका लागि कानुनी हिसावले वा अन्य कुनै कार्यक्रमको माध्यमबाट सम्बोधन गर्नुपर्ने आवश्यकतामा जोड दिनुभयो ।
उहाँले दिवसकै अवसरमा अपांगता भएकाहरुको अधिकारको सवालमा अझै गहन छलफल होस भन्दै सैनामैना भित्र रहेका अपांगता भएका ब्यक्तिहरुलाई सहयोग गर्नु हामी सवैको कर्तब्य हो भन्दै पालिकाको तर्फबाट सैनामैना नगरपालिकाले विभिन्न कार्यक्रम र योजना संचालन गरिरहेको जानकारी दिनुभयो ।

कार्यपत्र प्रस्तुत गर्दै राष्ट्रिय अपांग महासंघ लुम्बिनी प्रदेश अध्यक्ष हुमनाथ अधिकारीले अपांगता भएकाहरुको अधिकारका लागि धेरै पहिलेदेखि नै महासंघले वकालत गर्दै आएको बताउँदै तर अपांगहरुको अधिकार अझैपनि कागजमै सीमित भएको बताउनुभयो ।
सैनामैना नगरपालिका उपप्रमुख बिना रानाको अध्यक्षतामा भएको कार्यक्रममा इलाका प्रहरी कार्यालय मुर्गियाका प्रहरी निरिक्षक प्रल्हाद केसीले समेत बोल्नुभएको थियो भने सैनामैना नगरपालिका महिला तथा बालबालिका शाखा प्रमुख तुलसी ज्ञवालीको संचालनमा कार्यक्रम सम्पन्न भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय