LIVE
ग्यासको आयात निरन्तर भैरहेकाले अनावश्यक सञ्चिती नगर्न निगमको आग्रह | एमाले अध्यक्ष ओलीलाई पितृशोक | रवि र प्रचण्डबीच टेलिफोन सम्वाद, के भयो कुरा ? | ग्यासको कृत्रिम अभाव र कालोबजारीमा कडा कारबाही | आर्थिक सुशासनका केही काम भए, बाँकी आगामी सरकारबाट: अर्थमन्त्री खनाल | १६ वर्षीया इनिसा विकको न्याय माग गर्दै आज पनि काठमाडौंमा विरोध प्रदर्शन | महाशिवरात्रीमा सैनामैना होटल तथा रेष्टुरेण्ट व्यवसायी संघद्वारा पर्रोहा धाममा प्रसाद वितरण र सरसफाई | नेपाली कांग्रेस रुपन्देही क्षेत्र नंं ५ ले निर्बाचन प्रचार प्रसार अभियान तीब्र पार्यो | फेरिदै बुटवल, आधुनिक सहरको पहिचान बनाउँदै | फिटनेस टाइम क्लासिक शारीरिक सुगठनको उपाधि विज्ञान थापालाई |

रुपन्देहीको सैनामैना नगरपालिका ४ मुर्गिया रहेको पर्रोहा माध्यमिक विद्यालयमा विहिवार पालिकास्तरीय कृत्रिम घटना अभ्यास कार्यक्रम आयोजना भएको हो । नेपाल रेडक्रसको सुपर परियोजना र सैनामैना नगरपालिकाको आयोजनामा भएको कार्यक्रममा आगलागी र भुकम्प लगायतका बिपदका घटना हुँदा कसरी उद्धार गर्ने भन्ने बिषयमा कृत्रिम घटना अभ्यास गरिएको थियो ।
कार्यक्रममा बोल्दै सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्रप्रसाद शर्माले जस्तोसुकै विपद भएपनि सैनामैना नगरपालिका क्षेत्रमा बिपदलाई राम्रोसंग व्यवस्थापन गर्न सक्ने प्रतिवद्धता जनाउनुभयो । उहाँले अवको दिनमा आ– आफ्नो क्षेत्रमा विपदबाट बच्न सवैले आफनो भूमिकालाई प्रभावकारी ढंगबाट अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा नेपाल रेडक्रसको सुपर परियोजनाका जिल्ला अधिकृत कृष्ण मल्लले कृतिम घटना अभ्यासले सैनामैना नगरपालिकाको बिपद प्रतिकार्य योजनालाई सहयोग गर्ने बताउँदै आगामी दिनमा सैनामैनाको बिपद प्रतिकार्य योजना अनुसार काम गर्न सकिन्छ कि सकिदैन भन्ने परिक्षण गर्न पनि यो कृतिम घटना अभ्यास तालिम आयोजना गरिएको बताउनुभयो । उहाँले भोलेन्टियरहरुले आफूले सिकेको ज्ञान र सीप कसरी पुनर्ताजगी गर्न सकिन्छ भन्ने बिषयमा पनि यो कृतिम घटना अभ्यासले सिकाउने बताउँदै यस प्रकारका अभ्यासले विपदबाट जोगिन सक्षम बनाउने विश्वास ब्यक्त गर्नुभयो ।

कार्यक्रममा सैनामैना ११ का विपद प्रतिकार्य भोलेन्टियर ब्युरो सदस्य प्रकाश भट्टराईले बिपद कृत्रिम घटना अभ्यास कार्यक्रमले भोलिको दिनमा सैनामैना नगरपालिकामा हुने विपदका घटनाबाट बचाउन सहयोगी हुने विश्वास लिएका बताए । उनले भोलीको दिनमा नगरलाई विपदबाट सुरक्षित राख्न र सैनामैनालाई आत्मनिर्भर नगरपालिका बनाउने अभियानमा यो कृतिम घटना अभ्यास कार्यक्रम सहयोगी हुने विश्वास ब्यक्त गरे ।

सैनामैना नगरपालिका र रेडक्रस सुपर परियोजनाले भोलेन्टिर ब्यूरोलाई सक्षम बनाउन प्रयास गरेको छ । सैनामैनामा दुई बर्ष अघिदेखि सुरु भएको बिपद पूर्व तयारी कार्यक्रमले आगामी दिनमा विपदको अवस्थामा एकजना प्रभावितलाई मात्रै पनि बचाउन सकियो भने यो कार्यक्रमको ठूलो उपलब्धि हुने विश्वास कार्यक्रमका सहभागीहरुले गरेका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय