१९ कात्तिक,सैनामैना
सैनामैना नगरपालिकाको नेतृत्वमा बुधबार सैनामैना नगरपालिका वडा नं. १० सालझण्डी पानबारी र झिमझिमेमा बजार अनुगमन गरिएको छ ।
अनुगमनमा म्याद नाघेका खाद्य पदार्थ र किराना सामान फेला परेको थियो । म्याद नाघेका त्यस्ता सामाग्री बुधबार नै नष्ट गरिएको छ ।
अनुगमनमा सैनामैना नगरपालिकाका प्रशासकीय अधिकृत रामकुमार भट्टराई, सैनामैना उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण पोखरेल, सैनामैना व्यापार संघका अध्यक्ष देवीदत्त सुवेदी, उपभोक्ता हित संरक्षण मञ्चका सैनामैना प्रेमबहादुर खडका, संचारकर्मी, इलाका प्रहरी कार्यालय सालझण्डीको टोली र नगर प्रहरीको सहभागिता रहेको थियो ।
अनुगमनका क्रममा फेला परेका म्याद नाघेका खाद्यान्न लगायतका पेय पदार्थहरु नष्ट गरिएको छ । त्यसैगरी अनुगमनकै क्रममा सो क्षेत्रमा पसलहरु दर्ता नगरी संचालन भएको पाईएको छ । अनुगमन टोलीले पसलहरु दर्ता गरि संचालन गर्न र खाद्यान्न तथा पेय पदार्थहरु म्याद नाघेको विक्री नगर्न अनुरोध गरेको थियो ।








