LIVE
जनकपुरधाम रेल सेवा व्यवस्थित र यात्रुमैत्री बनाउन माग | सैनामैनामा बजार अनुगमन, म्याद गुज्रिएका खाद्यवस्तु नष्ट | एकैदिन सुनको मूल्यमा ऐतिहासिक उछाल, तोलामा १३ हजार ३ सय रुपैयाँले वृद्धि | नक्सा पास नगरी संरचना निर्माण नगर्न स्थानीय तहलाई आग्रह | चौतारीको सहकारीको १५ औँ वार्षिक साधारण सभा सम्पन्न | एमालेद्वारा राष्ट्रिय भेलाको तयारी सुरु | नियमित महाधिबेशन पक्षधरको रुपन्देही क्षेत्र नं. ५ को क्षेत्रीय अधिबेशन सम्पन्न | कांग्रेसको नयाँ कार्यसमितिका पदाधिकारी र सदस्यले लिए शपथ | थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन |

१९ कात्तिक,

जनकपुरधाम रेल्वे सेवाको प्रभावकारी सञ्चालन तथा व्यवस्थापन गरी यात्रुमैत्री बनाउन माग गरिएको छ। जनसरोकार अभियानले रेल सेवामा सुधारको माग गर्दै नेपाल रेल्वे कम्पनीलाई मागपत्र बुझाएको हो।

अभियानका अध्यक्ष जितेन्द्र महतो नेतृत्वको टोलीले जनकपुरधामको धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक महत्वलाई ध्यानमा राख्दै रेल सेवालाई थप व्यवस्थित, सुरक्षित र सुविधासम्पन्न बनाउन आग्रह गरेको छ।

अभियानले यात्रुको सहज आवागमन, रेल्वे प्लेटफर्मको नियमित सरसफाइ, व्यवस्थित प्रतीक्षालय, शौचालय तथा स्वच्छ खानेपानीको उचित व्यवस्था गर्न माग गरेको छ।

त्यसैगरी, रेल्वे स्टेसनमा रहेका भौतिक संरचनाको मर्मतसम्भार, विद्युतीय उपकरणको नियमित सञ्चालन, खाली जग्गालाई पार्क तथा बगैँचाका रूपमा विकास गर्न पनि आग्रह गरिएको छ। साथै, हाट बजारको व्यवस्थित सञ्चालन, सडक तथा छेकबारको उचित व्यवस्थापन गरी रेल सेवालाई सुरक्षित, सहज र आकर्षक बनाउन अभियानले माग गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय