२० कात्तिक,
अर्घाखाँचीको शितगंगा नगरपालिका–२ भुवनपाटामा बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन्। सुपा देउराली मन्दिर दर्शन गरेर सुनवल फर्किंदै गरेको लु २ ख ३७२ नम्बरको बसको ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीले जनाएको छ।



अनियन्त्रित भएको बसले विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकललाई ठक्कर दिएपछि सडक छेउको भित्तामा ठोक्किएको थियो। दुर्घटनामा घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर र बाँकीको अवस्था मध्यम रहेको छ। सबै घाइतेलाई उपचारका लागि भैरहवा मेडिकल कलेज पठाइएको प्रहरीले जनाएको छ।




